Thursday, June 28, 2018

कविता : आवरण

कविता : आवरण
-आविष्कार भारती-
 
स्निग्ध, शान्त, ध्यानमग्न
रसिलो, हँसिलो, बिनम्र
जीवन देखिन्छ संधै हराभरा
परमानन्दको डुङ्गामा
जीवन देखिन्छ सुनहरा
आकर्षक छ व्यक्तित्व
मक्खमली छ सम्बन्ध
झ्याङ्गिएको छ सम्बन्ध
रमाईलो छ घर संसार
रोजगारी छ शिखरमा
छैन कुनै खोट जीवनमा ।
 
उज्ज्यालो यो आवरण भित्र
अँध्यारो मनोरोग छ
सफलअताको आवरणमा
असफलअताको भाव छ
पूर्णताको आवरणमा
जीवन अपूरो अधुरो छ झैँ
शून्य शान्ता देखिने त्यो जीवन भित्र
ज्वार्भाटाको ठुलो प्रभाव छ
परिवार साथी छिमेकिको
भित्री जलन, रिक्तता, सुन्यता
अन्तर्मुखी स्वभावको आवारणमा छेलीइन्छ  
समाज अनी यो संसार
आवरणमैं अल्झिन्छ
भित्र के छ गहिराईमा
त्यो सबै बिर्सिदिन्छ ।

उस्को भित्री 'म'लाई कसैले देख्दैन
देखे पनि कसैले गुह्य बुझ्दैन
अन्धकार निराशामा जेलिएर
आफू भित्र आफै थुनिन्छ
थुनिनुको पनि सिमा हुन्छ
आखिर निकास नभेटे पछी
कहीँ प्रकाश नदेखे पछी
बिष्फोटमा जीवन टुङ्गिन्छ,
मनोरोगको पराकाष्ठा असमयमैं
एउटा दियो निभ्छ
एउटा सूर्य अस्ताउँछ ।
 
अनुमानका बिस्कुनहरु
अनगिन्ती मनचिन्ते
हाँसो लाग्दा प्रश्नहरु
आरोप प्रत्यारोपमा
टुङ्गिने छ कथाहरु
श्रीमती, परिवार दोषी
आफू बाहेक सारा समाज दोषी
दोषै दोषको पहिरोमा पुरिन्छ अनी 
निस्सासिएर अर्को मनरोगी जन्मने छ
त्यो दियो निभ्नु अघी
आवरण भित्र के छ त्यो देख्ने समाज भए
थुन्निएका नकारात्मक उर्जा निकास गर्ने माध्यम भए
मन बुझ्ने, पोखिने एउटा मन भेटे
अस्ताउने थिएन असमयमा एउटा अर्को रवी 
शून्यमा बिलिन हुने थिएन एउटा अर्को छवी ।।
 
(मेरो यो कविता "केही भएकै छैन"को परीमार्जित स्वरुप हो यो कविता । श्रद्धेय कवी दिनार 'रनादी' दाज्युमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।  )
 
(सन्दर्भ : डिप्रेशनले आजकल धेरै ज्यान लिएको अवस्था रहेकोलाई लेख्न मात्र खोजेको । )

No comments: