Tuesday, September 9, 2014

मुक्तक : सपना

दुखियाको कर्म दुखिया नै
कटेको छ जीवन यसरी नै
केही खुशी साचुँ भन्छु
सपना नै धसीइन्छ पिठ्युंमा छुरा भै

-आ'बिष'(2014-09-09)

Friday, August 29, 2014

लघुकथा : स्ट्याटस


भेट्घाटको सिल्सिला समर(ग्रिश्म) मास मा धेरै हुनेगर्छ । यस्पलीको भेट्घाटमा २-४ वटा नयाँ अनुहारहरु झुल्किए । वासिन्दा पूरानो भएपनी यस अघिका भेट्घाटमा नदेखेकाले होला मलाई नै नयाँ भन्ठानेकारहेछ्न नयाँ अनुहारहरुले ।

पहिलोले प्रश्न तेर्साइहाले " अनि  तपाईंको नाम चाँही के पर्‍यो होला? " 

"एह ! मेरो नाम आ'बिष' हो , अनी हजुरको ? " मैले सोधें ।

"मलाई चाँही ईन्द्र भन्छन , नाम चाँही मेरो बरुन हो " पहिलोले भन्यो ।

दोस्रोले भन्यो 'म आकाश' अनी हात अगाडि बढायो ।

Thursday, August 21, 2014

कविता : कुरी बसेथ्यो

हराएको ऊ येस्सो कोइ छन कि भनि चियाउँथ्यो
चौतारीमा झुन्डिएको एना हेरेर
मुसुक्क मुस्क्काउँथ्यो
मस्किन्थ्यो थोरै
थोरै खुसि हुन्थ्यो देखेर आफैलाई
कसैले देखेछन् कि
आँखाको कुनोबाट सुटुक्क
संसार चियाउँथ्यो
थाहा पाएर छैन हेरेका
भन्ने निराश आफूमै हराउँथ्यो
फेरी उँभोबाट कोइ झर्छन कि
कतै उँधोबाट कोइ चड्छन कि
घरि घरि आँखा डुलाउँथ्यो
नदेखेर कोहि
रुझेका सम्झनाहरु
कलेटी परेका बर्तमानमा सजाउँथ्यो
चर्कंदो घाममा सुकेका पतिङ्गर
उड्थ्यो यता उता
लाग्थ्यो बताससंगै गित गाइ
झुम्दैछन् लिप्तछन् एकअर्कामा रुखको वरीपरि
बिना लाज अरुको प्रमालापमा मग्न छ
छि कस्तो नकचरो
भनेर चौतारीमा लडेको ऊलाइ भन्दछन् ति
वर सुसाउँथ्यो पिपल उसलाई रिझाउँथ्यो
तेही शितलतामा ऊ
शन्तनु गंगाको नैनीतालमा डुबे झैं
भित्र भित्र डुबेथ्यो
खै त अझै सकिएर तेरो कुराई
आउंदैनन जा अब
भन्दै चौतारी सुस्तसुस्त उक्साउँथ्यो
तातो उक्साहटमा उक्सिने रगत
तेसै तेसै बलेकोथ्यो
तर पनि बुद्धको चौतारी सम्झेर
चिसो चुलो चिसो पेट चिसो जीवन
संगै कुरी बसेकोथ्यो
भोलि त अवस्य आउँछ
आशा को दाउरा जलाई
बर्तमानलाइ न्यानो तातो बनाई
चौतारो कुरी बसेथ्यो
चौतारो कुरी बसेथ्यो ....

-आ'बिष' (08-21-014)

Sunday, June 1, 2014

कविता : अनुभूत


कता घोचेको
कता जलेको
कता पोलेको
कत के नमिलेको जस्तो
कत के नपुगेको जस्तो
अनुभूती भईरहेको छ ।
के यो उत्सुक्ता हो ?
के यो डर हो ?

Monday, April 28, 2014

कथा : मेरो छोरो आउँछ

"आमा ए आमा ! हैन कता हो के तपाईं ?"
  
"हँ , म माथि बुइङ्गेलमा छु हौ । माथि आईजो न"
  
"हैन एक्कै क्षण तल आउनुस् न के एउटो सल्लाह गर्नुछ "
  
"हैन किन मर्न आँट्या होला यो यस्सो भण्डार सफा गरम भनेको टिक्न दिने भये पो , गएर आफ्नै बुढीलाई कचकच गर्नु नि" भन्दै आमै फत्फताउदै तल पिंढीमा ओर्लिन 
  
अनुहारमा बर्षौँको कठिन पेरिश्रम र जिन्दगी अनी घर बुहार्तनको बोझले थिचिएर मुजा मुजा परेका, चिम्सा आँखा , आँखा माथि बाक्लो चस्मा जस्को एकपट्टीको कान माथि अड्काउने फक्ल्याटा चोईटीएको र डोरीले बानेर अड्काको । नाकमा सानो सेतो टल्किने हिराको फुली र कानमा साना साना टप घुसारेकी । बुढाको स्वर्गे हुँदा पनि यिनले यि दुई गहना त्यगेकी थिईनन् । सेतोमा हलुका हरियो लहरा बुट्टा भएको धोती र लगभग पुरै सेतै फुलेको कपालले उनको जीवनको संघर्ष प्रेसित गर्थ्यो । जती नै दु:ख सहे पनि सन्तानका अघी ओठमा मुस्कान नै राखेकी थिईन । 
  
"हैन के आमै कुरो तपाईं सँगै गर्न पर्ने भएर पो त बोलाको" छोरोले भन्छ 
  
"ल भन के कुरो हो त्यस्तो"

Sunday, April 27, 2014

कविता : पैसाको संसार

पैसाको संसार

~अप्सरा गिरी भारती~

मरिहत्ते गरेर मर्ने बेलासम्म सम्पत्ती कमायो
आखिर सब छोडेरै जाने हो
त्यसो भए किन अरुलाई सकेको मद्दत नगर्ने
आखिर मरेर के नै लाने हो ।।

Friday, April 25, 2014

कविता : मनका तरङ्ग

मसक्क मस्किन्छे 
मनका तरङ्ग 
उत्ताउला 
ति उत्कर्ष यौवनको 
साह्रै मात्तिएका 
असाद्धै असिद्धि 
देख्नै नहुने 
हाँसोको फोहोरा 
छुटी हाल्ने 
सुटुक्क मन बाँधिदिने 
डोह्र्यी हाल्ने 
पछि पछि 
कुनो आँखाको 
चिहाउँछ घरिघरि 
मुस्कान मन्द त्यो 
पलपल आँधीबेहेरी 
मस्तिस्क हुँडलिन्छ 
बटारिएर आउँछ 
भित्रैबाट लान्छ 
कता कता 
अन्ध समाज 
मन्द संसार 
लाग्छ 
लजालु अधर
रहलपहल समय 
रत्तिन्छ 
अलिकति आँतिन्छ
ढलपल जिन्दगि 
उठ्छ 
अनि बढ्छ 
भन्छ म पागल 
भन्छ म प्रेमी 
भन्छ उ प्रतिमा 
भन्छ उ आश्रय 
आत्माको |

- आ'विष'

गजल : तिमीलाई सम्झी म कहिले रुन सकिन

तिमीलाई सम्झी म कहिले रुन सकिन
मनका मैला तिम्रो सामु धुन सकिन

भाग्य भनुँ कि समय हो दोषी
सिउँदो तिम्रो सजाई दिने हुन सकिन

परीबन्द परिस्थितीको थियो होला शायद
काटी दैलो प्रेमलाई आत्माले छुन सकिन

मेरो भन्नु याद मात्र बाँकी अब
चोइटीएको मुटु लिएर भावी बुन्न सकिन ।।
#आ'बिष'

(पहिलो गजल प्रयास )

गजल : म कहिले रुन सकिन

गजल
तिमीलाई सम्झी म कहिले रुन सकिन
मनका मैला तिम्रो सामु धुन सकिन   ।।

भाग्य भनुँ कि समय हो दोषी
सिउँदो तिम्रो सजाई दिने हुन सकिन   ।।

Wednesday, April 23, 2014

कविता : देवकोटा त ...

देवकोटा त पागल यात्री थे
यो दुष्ट त च्यातिएको छत्रि नि होईन 


देवकोटा त बनकुसुम का पुतली थे 
यो दुष्ट त पड्किएको सुतली नि होइन 


देवकोटाका पछि त सुलोचना, म्हेन्दु, लुनी, चम्पा अनि अरु धेरै थे 
यो दुष्टका लागि त कोहि पनि भएन 


देवकोटा त महाराणा प्रताप, पृथ्वीराज चौहान, प्रमीथस संगै गाइने गित गाउँथे
यो दुष्ट त कसैको मित हुन पनि पाएन 


देवकोटा त दुष्यन्त-शकुन्तला भेट , मुनामदन र रावण-जटायु युद्धमा आफै हाम्फाले थे 
यो दुष्ट त आफैमा नि हराउन जानेन 


देवकोटा त भिखारी राजकुमार प्रभाकर संग सीता हरणमा पनि जोडिए थे 
यो दुष्ट त मृगतृष्णाबाट उम्किन चैतन्यको हाँगो समाउन मानेन ......



Note : यी सबै महाकवि लक्ष्मी प्रसाद देवकोटा का कृतिहरुको नाम हो