Sunday, April 27, 2014

कविता : पैसाको संसार

पैसाको संसार

~अप्सरा गिरी भारती~

मरिहत्ते गरेर मर्ने बेलासम्म सम्पत्ती कमायो
आखिर सब छोडेरै जाने हो
त्यसो भए किन अरुलाई सकेको मद्दत नगर्ने
आखिर मरेर के नै लाने हो ।।


कसैलाई ठगेर, मारेर जसरी भए पनि सम्पत्ती कमाईन्छ
पाप भोग्नु पर्ने आफू एक्लै नै हो
सम्पत्ती नहुँदा आफ्नैले पनि पराई झैं गर्छन
धन सम्पत्ती नै मायाको मेलमिलापको कारण हो ।।

म कहिले कहीं सोंच्ने गर्छु यसो गर्छु उसो गर्छु
तर सबभन्दा पहिले त पढेर राम्रो जागिर खन्छु भन्ने नै ठान्छु
बिना पैसा त दिमागले पनि केही सोंच्दैन जस्तो लाग्छ
भनिन्छ अब त आमाबुवाको माया पनि सित्तैमा पाईंदैन रे मायाका लागि पनि पैसा चाहिने भो
दया माया भन्ने चिज त पुरानो जमानाको कुरो झैं भो ।।

कुनै सानो सल्लाह लिना कसैसँग सोद्दा
म यसो गर्न लागि तपाईंंले कसरी गरेको भन्दा
यो गर्नु त सारै गाह्रो छ भनेर सानो सल्लाह दिंदैनन
उल्टो मनोबल घटाई मैले जस्तो प्रगती गर्ला भनी तर्सन्छन ।।

पैसा भएका मान्छेले नराम्रै काम गर्दा पनि
पछाडि कुरै काटे पनि अगाडि जय जय कार लगाईन्छ
गरीबले राम्रै काम गर्दा पनि पिटेर भगाईन्छ
बिरोध जनाई हातै हाल्न पनि पछि पर्दैनन्
सबै पैसा र सम्पत्तीको खेल प्रभु संसार
पैसा प्रभु हजुरको जय होस् ।।  

No comments: