Tuesday, April 22, 2014

कविता : अवसर

अवसरले ढोका नढक्ढकाये, ढोकै पो ठीक छैन कि
बरु अवसरलाई निम्त्याउन ढोकै पो निकालेर फल्दिने कि

कत्ती भो हाथ सक्सकाको
रत्नपार्कको रेलिङ-बार नभत्काको

हैन आजकाल हड्ताल धेरै किन नभाको
दिक्कै लागिसक्यो
कत्ती सप्पै कुरो बन्द कोठा भित्र सम्झौतामा आ'को

नेता र दललाई द्रब्य-कुर्सीको छैन कि के हो खाँचो
हुन त कठपुतली न हुन अर्कै तिर छ यिनको साँचो

कर्मचारी-शिक्षक-पत्रकार-मजदूर-बिद्यार्थी पनि पो त चुप छन
'ब' बाट बन्द, बिरोध र बाद मात्र जान्ने बानी पो त खुब छन

पहिले गिद्द झैं खाएका थिए अब धमिरा झैं खाएका छन
पहिले बन्दुक बाँडेर आएका थिए अब सन्दुक खोलेर आएका छन

सारो तलतल लाग्यो भात्काउने-पड्काउने बानी परेछ
एक ढुङ्गा उचालेर हनिदिएको त आफ्नै नेताको गाडी परेछ

रगत र हजारौं -वाद हरुको खेलमा मेरो अवसर खोई
व्यपारी, नेता र तिनका सन्तती त हाँसेका छ्न जनता बसेको छ रोई

काठमाण्डौं हेरी बिकासको लहर ल्याउने
बजेट बिनियोजन त हुन्छ तर गाउँले सुक्को नपाउने

नेपाल, नेपाल खल्टो भित्र नै सिमित छ
हेत्तेरिका घाँटी सुकिसक्यो एक प्याक पाए भोट् अझै पनि बिक्रीमा छ 

लौन अवसर पाउँ न पर्भु मैले नि
कती एक्लै एक्लै लूट्नु हुन्छ ऐले नि

अवसरको लागि फोर्छु भनें त
अवसरको लागि देश सार्छु भनें त
अवसरको लागि हजुरलाई नि मार्छु भने त

No comments: