Monday, March 10, 2014

कविता : एउटा भूत

सेलायो चाहा 
हरायो बाचा 
स्खलित आशा 
अनियमित आज 
भत्किएको भोलि 
हराएको हिजो 
संगै 

बिलाएको सपनाले 
मलाइ सम्झाई रहन्छ 
त्यो कोशे ढुंगा
पिपलको छहारी 
छहारीको चौतारी 
चौतारीका भेला 
भेलाका नाटक 
नाटकले उघारेको फाटक 
फाटक नाघे 
अघि बढे 
स्मृति जिवन्त 
अनि फेरी 
हराएको हिजो 
अनियमित आज 
सुस्तायो चौतारी 
अस्तायो सूर्य कल्पना गगनको 
बिपनामा अस्तित्वको रेखा खोज्दै 
धुन्मुन्निदै अतितमा रुमल्लिरहेको 
यो एउटा भूत थाहा छैन 
खै के कुरी बसेको छ ...

No comments: