Monday, March 16, 2015

गजल : मन तरल भई बगी दिन्छ

कहिले कहीं यसै यसै मन तरल भएर बगी दिन्छ ।
कहिले कहीं यसै यसै रहर प्यारो भएर ठगी दिन्छ ।।

कहिले कहीं बस् जिन्दगी भारी भारी लागि दिन्छ ।
कहिले कहीं अमुक भावना आरी सरी लागि दिन्छ ।।

कहिले कहीं फूल भन्दा काँडा प्यारो लागि दिन्छ ।
कहिले कहीं अपलक निसास्सी रहुँ लागि दिन्छ ।।
बस् कहिले कहीं यस्सै यस्सै मन तरल भई बगी दिन्छ ।

- आ'बिष'(3-16-015)

No comments: