Monday, March 16, 2015

कविता : म मेरो र मलाई


चिनाईन्छ राम्रो 'म' भनेर
अनी त
महरु 'म राम्रो छु' को भ्रममा छड्किन्छन्
महरु अहंमको उष्णतामा वल्टाई-पल्टाइ सेकिन्छन्
महरु मिथ्याको कल्पनामा भुटिन्छन्
महरु म-को प्रगतीमा मलाई भन्छन्
म हो सर्वपरी
म हो सर्वस्व
म हो ब्रम्हाण्ड
म हो कर्म-काण्ड
म-हरु मेरो कथा कथ्छन
मेरो हो भगवान
मेरो हो संसार
मेरो हो यो - त्यो - अनी ऊ त्यो
मेरो हो बस् मेरो
म र मेरो को सोंचबाट
दिग्भ्रमित मलाई
सप्पै मलाई कै ठान्छ
सर्वहारा बाट छुट्कारा दिलाउने
मलाई सर्वमान्य बनुँ
एउटा ईच्छा राख्छ
अनी
त्रसित अरु म-हरु हामी बनिन्छ कि भनी
मलाईको घिच्रोमा समातेर फेरी म बनाईदिन्छन्
यस्तै छ म , मेरो र मलाई को गाथा
म-ले मेरो-लाई र मेरो-ले मलाई
उकास्न लागि परेको समय
हामी-लाई डसेर म-मा झरेको समय ।।
- आ'बिष'(03-16-015)

No comments: