Friday, July 14, 2017

छोटो कविता : दुष्ट म

छोटो कविता : दुष्ट म
------------------------
तराजु भयो पलहरु
जोखियो पाउ किलोमा
तीतो भयो सम्बन्धहरु
नूनचूक दलियो पिलोमा
जञ्जालको सञ्जालमा धसिईयो
उत्रुँ भन्छु झन धरातल भासियो
आफ्नै मनले आफैलाई गन्दैन
भनेको फिट्टिक्कै किन सुन्दैन
माहुरीले बारुलालाई बनाएको इष्ट
अरु कोही हैन म आफै हो दुष्ट ।।

No comments: