पुच्छरले पुछारमा आफूलाई देख्छ सँधै
रिसरागको आगोमा आफूलाई सेक्छ सँधै
अपूरो ज्ञान अनी अधुरो बिबेकको आडमा
अगाडि बढ्नबाट आफैलाई छेक्छ सँधै ।।
Sunday, November 6, 2022
Muktak : पुच्छर
Wednesday, March 2, 2022
प्रथा
थोरैले मात्र बुझ्छन् व्यथा तिम्रा
बाँकी चाहन्छन् सुन्न कथा तिम्रा
भूसको आगोमा खरानी मात्र देखिन्छ
बनिदिन्छ आमोदी पिल्साई प्रथा तिम्रा ।।
Monday, February 28, 2022
साथ र साथी
म फूलले दिएको काँडा पनि स्विकर्ने मान्छे
म अहम् रिस्-राग सबै धुत्कार्ने मान्छे
साथ र साथीको लागि सबै जायद ठान्ने
म माया प्रेम विश्वाशलाई पुकार्ने मान्छे ।
Tuesday, February 22, 2022
मुक्तक : होड
जिन्दगीले कस्तो लियो मोड त्यो
छुटाई सारा अगी बढ्ने होड त्यो
मन अमिलो अतितमा ढल्किँदा
ठिहिमा रित्तिएर उभीईरह्यो ढोड त्यो ।।
Monday, December 20, 2021
मुक्तक : अनुभव
Thursday, November 18, 2021
कविता : मौन पहाड
~आविष्कार
अडिग मौन उभिएको छु
अपल समय बिताएको छु
मागेका कुरा सुटुक्क दिन्छु
तीता भाव घुटुक्का निल्छु
चुक्किएका सम्झनाहरू माझ
उजाड कल्पनाहरु सजाउँदै
हेर्दैछु कुर्दैछु ।
Thursday, October 7, 2021
मुक्तक : छोरा
Tuesday, October 5, 2021
मुक्तक : एक्लो डाँडा
मुक्तक : रमिते
मुक्तक : निभ्यो टुक्की
मुक्तक : भुल्दै जान्छ
Thursday, April 1, 2021
मुक्तक : जरा
Saturday, March 6, 2021
मुक्तक : माझा
Thursday, February 11, 2021
लघुकथा : कन्फिडेन्स
Thursday, January 14, 2021
मुक्तक : शिक्षा
मुक्तक : शिक्षा
शिक्षकलाई जागिर पकाउनुको टण्टा छ
विद्यार्थीलाई प्रमाणपत्र बकाउनुको टण्टा छ
शिक्षाको स्तर उँधो लम्किँदो छ निरन्तर, तैपनी
अगुवालाई मेरो-मेरा फकाउनुको टण्टा छ ।
Monday, January 11, 2021
चार हाइकु
जमेको ताल
भित्र चञ्चल माछा
गहिराईमा ।
************
सिमल भुवा
हावासँगै उड्दै छ
नवआँकुरा
**********
Wednesday, January 6, 2021
Muktak : ईतिहास
देखाउछन भत्किएका ति दरवारले
बताउञ्छन रित्तिएका ति घरबारले
कथा पूर्खाको जिवितै छ, ईतिहास
सम्झाउञ्छन बत्तिएका ति तरबारले
muktak : जिवनमा
सबैको हुन्छ दु:ख जिवनमा
सबैको हुन्छ सुख जिवनमा
ढकमक्क छौ अहिले भन्दैमा
नचलाए हुन्छ मुख जिवनमा
Thursday, December 31, 2020
muktak : सम्बन्ध
अरुलाई सम्बन्ध भारी नहोस् कहिले
जाँची हेर आफैलाई आफूले पहिले
पुष्प बनि पल्लवित होस्, सुगन्ध छरोस्
चुप्चाप चडेर ईशको पाउमा जहिले
Tuesday, December 22, 2020
मुक्तक : भष्म
झिल्को नभए नि आगो बल्छ
मनले आफैलाई पलपल छल्छ
लाग्दो हो भष्म हुन्छ,रोकिन्छ समय तर
कोही नभए नि संसार चल्छ ।