...just a thought.....
मनका उबडखाबड तरङ्ग जस्तै भरङ्गहरु
Wednesday, August 12, 2020
मुक्तक : त्यस्तो नै छु
मुक्तक : त्यस्तो नै छु
फुक्को देखिन्छु निस्तो नै छु
सित्तै बाँडिन्छु सस्तो नै छु
गहिरिएर बग्न म सेतीकाली होईन
जस्तो भेटिन्छु त्यस्तो नै छु ।
मुक्तक : सोंच
म म भएर जिउँछु, तिमी तिमी भएर बाँच न
म मेरो सपना सजाउँछु, तिमी तिम्रो सपना साँच न
कुण्ड कुण्ड पानी मुण्ड मुण्ड सोंच हुन्छ नि
म मेरो नाच नाच्छु, तिमी तिम्रो नाच नाच न ।
मुक्तक : सुखहरू
मुक्तक
तिमी तिम्रा रहरहरूमा रमेको मान्छे,
तिमी तिम्रा सपनाहरूमा जमेको मान्छे,
नसुन भो दु:ख गीतका तीखा भाकाहरू
तिमी तिम्रा सुखहरूमा गमेको मान्छे ।
Monday, August 10, 2020
तीन हाइकु
शितल काँडा
बहनु एक रीत
मन्द मुस्कान
########
मुखैको गाँस
निल्नु न ओकल्नु भो
जुङ्गा मठार्यो ।
#########
सेता चमेली
रगतका टाटा छन्
नव यौवना
#########
Haiku
White shirts crying
Black coats clapping
Inside the court
मुक्तक : गाँस
जती उफ्रिए पनि
जती डुक्रिए पनि
निस्तै छ गाँस, परिकार
जती थुप्रिए पनि ।
Sunday, August 2, 2020
मुक्तक : खोज
गहिरो खोजमा चल्मलाएको मात्रै
एक बटुको आफू उबाएको मात्रै
थोपाथोपा कणकणमा आफू भेटें मैले
समर्पणमा एक नजर झुकाएको मात्रै ।
-आबिष
Wednesday, July 29, 2020
दुई हाइकु
याद मादक
यात्रामा मौनता छ
औंसिको रात
***************
प्राणी जगत
महानाद मृत्युको
भ्यागुता गीत ।
Tuesday, July 7, 2020
मुक्तक : ठिकै भयो
मुक्तक :
छाडिन चाहन्थ्यौ, छाडियौ ठिकै भयो
बाँडिन चाहन्थ्यौ, बाँडियौ ठिकै भयो
बाँधेर राख्नु कसैलाई,
Read more »
Monday, July 6, 2020
Poem : Numbing Chirp
Poem : Numbing Chirp
~Abiskar
why do I have to be critical of all ?
why do I have to be judgemental for all ?
I can just be quiet and be at the moment without a mask.
a mask that i wear all day, all moment.....
why should it be on me ?
burdening me ?
Read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)