Tuesday, February 22, 2022

मुक्तक : होड

 जिन्दगीले कस्तो लियो मोड त्यो
छुटाई सारा अगी बढ्ने होड त्यो
मन अमिलो अतितमा ढल्किँदा
ठिहिमा रित्तिएर उभीईरह्यो ढोड त्यो ।।

Monday, December 20, 2021

मुक्तक : अनुभव

भेटिएला अफ्टेरा बाटाहरू
भेटिएका दरिला भाटाहरू
कर्म गरि अगि बढ्नुस् है, खै गर्नेलाई
देखाई देऊ अनुभवका टाटाहरू 

Thursday, November 18, 2021

कविता : मौन पहाड

कविता : मौन पहाड
~आविष्कार

अडिग मौन उभिएको छु
अपल समय बिताएको छु
मागेका कुरा सुटुक्क दिन्छु
तीता भाव घुटुक्का निल्छु
चुक्किएका सम्झनाहरू माझ
उजाड कल्पनाहरु सजाउँदै
हेर्दैछु कुर्दैछु ।

Thursday, October 7, 2021

मुक्तक : छोरा

कसरी पोखुँ मनको बह थुन्छु भावना बनाएर दह छोरा होस् बहन हुँदैन भन्छन् भर्न हुँदैन पानीले गह

Tuesday, October 5, 2021

मुक्तक : एक्लो डाँडा

आँगनमा अग्ला घाँस छन् खेतबारिमा उम्रिएका बाँस छन् शहर तिरै झर्छन्, माथि डाँडा एक्लो छ रगतसँग साटिएका गाँस छन् । 10-05-2021

मुक्तक : रमिते

ढलिसक्यो बाबु घर अब त तिमी नै हाम्रो भर अब त रमिते बनेकोछ चौतारी, गिज्याउँछ मात्र कुरिरहेछ पिपल र बर अब त 10-05-2021

मुक्तक : निभ्यो टुक्की

भत्कियो पीँडी, तगारो भत्कियो खस्यो बूईंगेल, गारो भत्कियो कुर्दैछ रोकेर सास बुढो दलिन निभ्यो टुक्की, धारो भात्कियो ।। 10-05-2021

मुक्तक : भुल्दै जान्छ

कहाँबाट आएको भुल्दै जान्छ चुसेर भविष्य फुल्दै जान्छ जरा बिर्सिएर रुख बाँच्न सक्दैन शक्तीको मातमा झुल्दै जान्छ १०-०५-२०२१

Thursday, April 1, 2021

मुक्तक : जरा

धोईएर बाहिर, भित्र मैलिन्छ साँघुरो मन लिई फैलिन्छ पलाउँछ टुप्पोबाट अनी जरा गडेकाहरुको खै'लिन्छ ।

Saturday, March 6, 2021

मुक्तक : माझा

सबलाई नामको राजा हुनुछ
ठाम्कुठाम बज्ने बाजा हुनुछ
आफू उडुँ माथी, अरुलाई चैट गरुँ
यस्तै धारिलो माजा हुनुछ ।