Saturday, January 31, 2015

लघुकथा : पाप

लघुकथा : पाप
~आविष्कार भारती~
 
"आमा राम कस्ता थिए ?"

"तैंले रामायन हेरिस नि टिभीमा, देखिस नि हैन त्याँ राम हो तेस्ताइ छन् राम । "
"आमा कृष्ण कस्ता थिए ?"
"तैंले महाभारत हेरिन नि टिभीमा, देखिस त त्याँ कृष्ण कस्त थिए हो तेस्ताइ छन् कृष्ण ।"
"आमा शिवले साच्चिकै त्यो चलिराख्ने सर्प कै माला लगाइसिन्छ हो ?"

Friday, January 30, 2015

लघुकथा : राहत

 
लघुकथा : राहत
- आविष्कार भारती 
 
कक्षामा गुरुके सोध्नुभयो,"भोली नेपालको लागि बिशेष दिन हो , थाहा छ भोली के दिन हो ?"

एउटा तमाङ भाषी विधार्थीले सोझो उत्तर फर्कायो,"भोली पनि तल बाटामा राहत बाँड्ने दिन हो, सर । "
गुरु अक्कनबक्क सोंचमग्न भए, "बिचराहरुलाई माछा मार्न सिकाएनन्, मार्या माछा मै भुलाए । "

-आ'बिष'(2015-1-30)

Monday, January 26, 2015

मुक्तक : केवल शरीर

आशा तिम्रै, विश्वास तिम्रै
आभास तिम्रै, अनुभूति तिम्रै
मेरो त केवल शरीर मात्रै
जीवन तिम्रै, आत्मा तिम्रै

-आ'बिष'(2015-1-26)

Tuesday, September 9, 2014

मुक्तक : सपना

दुखियाको कर्म दुखिया नै
कटेको छ जीवन यसरी नै
केही खुशी साचुँ भन्छु
सपना नै धसीइन्छ पिठ्युंमा छुरा भै

-आ'बिष'(2014-09-09)

Friday, August 29, 2014

लघुकथा : स्ट्याटस


भेट्घाटको सिल्सिला समर(ग्रिश्म) मास मा धेरै हुनेगर्छ । यस्पलीको भेट्घाटमा २-४ वटा नयाँ अनुहारहरु झुल्किए । वासिन्दा पूरानो भएपनी यस अघिका भेट्घाटमा नदेखेकाले होला मलाई नै नयाँ भन्ठानेकारहेछ्न नयाँ अनुहारहरुले ।

पहिलोले प्रश्न तेर्साइहाले " अनि  तपाईंको नाम चाँही के पर्‍यो होला? " 

"एह ! मेरो नाम आ'बिष' हो , अनी हजुरको ? " मैले सोधें ।

"मलाई चाँही ईन्द्र भन्छन , नाम चाँही मेरो बरुन हो " पहिलोले भन्यो ।

दोस्रोले भन्यो 'म आकाश' अनी हात अगाडि बढायो ।

Thursday, August 21, 2014

कविता : कुरी बसेथ्यो

हराएको ऊ येस्सो कोइ छन कि भनि चियाउँथ्यो
चौतारीमा झुन्डिएको एना हेरेर
मुसुक्क मुस्क्काउँथ्यो
मस्किन्थ्यो थोरै
थोरै खुसि हुन्थ्यो देखेर आफैलाई
कसैले देखेछन् कि
आँखाको कुनोबाट सुटुक्क
संसार चियाउँथ्यो
थाहा पाएर छैन हेरेका
भन्ने निराश आफूमै हराउँथ्यो
फेरी उँभोबाट कोइ झर्छन कि
कतै उँधोबाट कोइ चड्छन कि
घरि घरि आँखा डुलाउँथ्यो
नदेखेर कोहि
रुझेका सम्झनाहरु
कलेटी परेका बर्तमानमा सजाउँथ्यो
चर्कंदो घाममा सुकेका पतिङ्गर
उड्थ्यो यता उता
लाग्थ्यो बताससंगै गित गाइ
झुम्दैछन् लिप्तछन् एकअर्कामा रुखको वरीपरि
बिना लाज अरुको प्रमालापमा मग्न छ
छि कस्तो नकचरो
भनेर चौतारीमा लडेको ऊलाइ भन्दछन् ति
वर सुसाउँथ्यो पिपल उसलाई रिझाउँथ्यो
तेही शितलतामा ऊ
शन्तनु गंगाको नैनीतालमा डुबे झैं
भित्र भित्र डुबेथ्यो
खै त अझै सकिएर तेरो कुराई
आउंदैनन जा अब
भन्दै चौतारी सुस्तसुस्त उक्साउँथ्यो
तातो उक्साहटमा उक्सिने रगत
तेसै तेसै बलेकोथ्यो
तर पनि बुद्धको चौतारी सम्झेर
चिसो चुलो चिसो पेट चिसो जीवन
संगै कुरी बसेकोथ्यो
भोलि त अवस्य आउँछ
आशा को दाउरा जलाई
बर्तमानलाइ न्यानो तातो बनाई
चौतारो कुरी बसेथ्यो
चौतारो कुरी बसेथ्यो ....

-आ'बिष' (08-21-014)

Sunday, June 1, 2014

कविता : अनुभूत


कता घोचेको
कता जलेको
कता पोलेको
कत के नमिलेको जस्तो
कत के नपुगेको जस्तो
अनुभूती भईरहेको छ ।
के यो उत्सुक्ता हो ?
के यो डर हो ?

Monday, April 28, 2014

कथा : मेरो छोरो आउँछ

"आमा ए आमा ! हैन कता हो के तपाईं ?"
  
"हँ , म माथि बुइङ्गेलमा छु हौ । माथि आईजो न"
  
"हैन एक्कै क्षण तल आउनुस् न के एउटो सल्लाह गर्नुछ "
  
"हैन किन मर्न आँट्या होला यो यस्सो भण्डार सफा गरम भनेको टिक्न दिने भये पो , गएर आफ्नै बुढीलाई कचकच गर्नु नि" भन्दै आमै फत्फताउदै तल पिंढीमा ओर्लिन 
  
अनुहारमा बर्षौँको कठिन पेरिश्रम र जिन्दगी अनी घर बुहार्तनको बोझले थिचिएर मुजा मुजा परेका, चिम्सा आँखा , आँखा माथि बाक्लो चस्मा जस्को एकपट्टीको कान माथि अड्काउने फक्ल्याटा चोईटीएको र डोरीले बानेर अड्काको । नाकमा सानो सेतो टल्किने हिराको फुली र कानमा साना साना टप घुसारेकी । बुढाको स्वर्गे हुँदा पनि यिनले यि दुई गहना त्यगेकी थिईनन् । सेतोमा हलुका हरियो लहरा बुट्टा भएको धोती र लगभग पुरै सेतै फुलेको कपालले उनको जीवनको संघर्ष प्रेसित गर्थ्यो । जती नै दु:ख सहे पनि सन्तानका अघी ओठमा मुस्कान नै राखेकी थिईन । 
  
"हैन के आमै कुरो तपाईं सँगै गर्न पर्ने भएर पो त बोलाको" छोरोले भन्छ 
  
"ल भन के कुरो हो त्यस्तो"

Sunday, April 27, 2014

कविता : पैसाको संसार

पैसाको संसार

~अप्सरा गिरी भारती~

मरिहत्ते गरेर मर्ने बेलासम्म सम्पत्ती कमायो
आखिर सब छोडेरै जाने हो
त्यसो भए किन अरुलाई सकेको मद्दत नगर्ने
आखिर मरेर के नै लाने हो ।।

Friday, April 25, 2014

कविता : मनका तरङ्ग

मसक्क मस्किन्छे 
मनका तरङ्ग 
उत्ताउला 
ति उत्कर्ष यौवनको 
साह्रै मात्तिएका 
असाद्धै असिद्धि 
देख्नै नहुने 
हाँसोको फोहोरा 
छुटी हाल्ने 
सुटुक्क मन बाँधिदिने 
डोह्र्यी हाल्ने 
पछि पछि 
कुनो आँखाको 
चिहाउँछ घरिघरि 
मुस्कान मन्द त्यो 
पलपल आँधीबेहेरी 
मस्तिस्क हुँडलिन्छ 
बटारिएर आउँछ 
भित्रैबाट लान्छ 
कता कता 
अन्ध समाज 
मन्द संसार 
लाग्छ 
लजालु अधर
रहलपहल समय 
रत्तिन्छ 
अलिकति आँतिन्छ
ढलपल जिन्दगि 
उठ्छ 
अनि बढ्छ 
भन्छ म पागल 
भन्छ म प्रेमी 
भन्छ उ प्रतिमा 
भन्छ उ आश्रय 
आत्माको |

- आ'विष'