Wednesday, February 15, 2017

लघुकथा : इज्जत

लघुकथा : इज्जत
हैन तपाईं पत्रकार हो भन्नु हुन्छ तपाईंको काम गराइ र लेखाइ अनी समाचार हेर्दा खकार जस्तो घिन्लाग्दो छ । यस्सो त्यो बिर्सिएर कुराकानी गरुम् न त भनुँ भनेँ डकार जस्तो गनाउनु हुन्छ । न आकार छ न प्रकार छ खाली एउटा क्यामरा बोक्या छ, एउटा कापी अनी पेन च्याप्या छ र कता आफ्नो दुनो सोझिन्छ भनी भुन्भुनाइ हिँड्नु
हुन्छ । केही नपाए पोर्न जस्ता देखिने फोटो राखी फलानले फलानालाई यस्तो गरेर र  गर्‍यो भनेर कोठे अन्लाईन पत्रकारिता गर्नु हुन्छ । केही भन्यो भने आखिर हामी  अङ्ग त हौँ नि , अङ्गले अङ्गको कुरो गर्न के भो त भन्न हुन्छ । घर घरमा समाचार एजेन्सी छ अचेल, गल्ली गल्लीमा पत्रकार समाचारको खोजीमा भौँतारिरहेका छन् ।

सानो झिल्कोलाई आगो देखाउने, पिठोलाई रोटी भनी बिकाउने नयाँ ब्यापारएे हुनु भएको छ । सन्सनी समाचार सम्प्रेषण मूल मन्त्र भएको छ । खोज पत्रकारिताको शिशु गला निमोठेर भोज पत्रकारिता चलेको छ, साहित्य पत्रकारिताको पालुवा चुँडेर चप्लुसी पत्रकारिताको बिउ रोपिएको छ । राष्ट्रको चौथो अङ्गको इज्जत धुज्जा धुज्जा पर्नु भो बाबै । 
-2-15-2017

No comments: