Thursday, February 9, 2017

लघुकथा : सपना

लघुकथा : सपना
~आविष्कार भारती 
 
चराको सुमधुर गीत, झरनाको निस्छल संगीत, बनका बिच एक्लै सुसाएका खोलाको धुन र अन्तरकुन्तरबाट आएका जनावरका बिभिन्न राग जस्ता प्रकृतिक मनोरम सौन्दर्यको रसास्वादन गर्दै बामे दाइ घुम्दै घुम्दै गाउँ पुगे । गाउँको कती घरको छतमा घाँस उम्रेका देखे, बनको फैलावटले आँगन छोएको देखे, गाईगोठ भात्किएर लडेको देखे - यस्तै यस्तै उदेकलाग्दो दृश्य हेर्दै अगाडि बढ्दै गए तर गाउँमा कोही मान्छे देखेनन् । अलिक उँभो लागेपछी एउटा पाठशाला देखे तर पाठशालामा पनि केही बच्चाबच्ची देखे र शिक्षकसँग सोधी हाले, "गाउँका सप्पै कता गए हँ ?"
 
शिक्षकले भने,"सप्पै बिदेश हिँडे, अरु कहाँ जानु । जो यहाँ थिए ति पनि बजार झरे ।"
 
बामे दाइ दिक्क मान्दै पाठशालाका केही बच्चाहरुलाई सोध्न लागे,"बाबु, तिमीलाई ठूलो भए पछी के बन्न मन छ ?"

 
पहिलो बच्चा : "मलाई त डाक्टर बन्न मन छ ।"
दोश्री बच्ची : "मलाई त मलेसिया जान मन छ ।"
बामे दाइ : "मलेसिया? किन ? डाक्टर, इन्जिनियर, नर्स मन छैन ?"
दोश्री बच्ची : "छैन, मलेसियामा धेरै कमाउँछ नि त । यहाँ त जती कमाए पनि पुग्दैन रे । फेरी आमालाई नयाँ सारी नि किन्दिनु छ । दशैंमा भाइलाई जुत्ता पनि किन्देउ है दिदी भनेको छ । "

बामे दाइ : "अनी तिमी के बन्ने मन छ नि, बाबु ?"
तेस्रा बच्चा : "मलाई पनि अरब जान मन छ । "
 
बामे दाइ खिस्रिक्क मन लिएर मनमनै सोँच्छन् र कसैले भनेको सम्झन्छन्, "अरब देशमा हज्जार कमाउने, वहा ! रे नयाँ पुस्ताको सपना ।"
 

No comments: