Wednesday, March 8, 2017

मुक्तक : तिम्रै नाममा

~आविष्कार

अपलक चारै प्रहर तिम्रै नाममा सिद्दिन्छ
तरुणा आकाङ्क्षाहरु तिम्रै नाममा रेटिन्छ 
 तिमी भन्छौ रे मैले तिम्लाई याद गरिन 
हर साँझ एउटा प्याला तिम्रै नाममा रित्तिन्छ ।।

Tuesday, March 7, 2017

मुक्तक : मन छ

आजभोली न कुरा फुर्छ, न बोल्नै मन छ
आजभोली न चुरा बज्छ, न सुन्नै मन छ
भाइचारा, मानवता अन्ध स्वार्थको नेलमा जकडिएको बखत
सम्बन्ध न चिरा पर्छ, न जोड्नै मन छ ।। 

Friday, March 3, 2017

मुक्तक : न पाप न धर्म

न पाप न धर्म
बुझ्नु छ बस् मर्म
मेटेर अहम् अनी चाहनाहरु 
गर्नु छ मात्र कर्म ।। 

Wednesday, March 1, 2017

मुक्तक : खुकुरीहरु

~आविष्कार

चिटिक्क परेर टल्किएका छन् खुकुरीहरु 
रक्तिम मुस्कान छरीरहेछन् खुकुरीहरु 
यहाँ अचानो चोइटीयर सकियो 
धार हराएको गुनासो गरिरहेछन् खुकुरीहरु
-आ'बिष' (3/1/017)

Monday, February 27, 2017

हाइकु #

गोहीको आँसु
प्लास्टिक झैँ भावना
फोक्से जीवन

Saturday, February 25, 2017

छोटो कविता : सत्यता जीवनको

काठयाङ्ग्रिदो रात
एक्लो चउरिएको जीवन
आफ्नाको खोजी
माया, मेरो, म, भगवान सबै झुटो 
मुक्ती, मोक्ष, धर्म, स्वर्ग सबै झुटो
नभेट्टाएर कोही
नभेट्टाएर केही
छुट्कारा चक्रबाट
दन्किरहेको चिताको पलङ्  
दाउराको राप नै प्यारो
खरानी नै सत्यता जीवनको ।।
- आविष

Wednesday, February 15, 2017

लघुकथा : इज्जत

लघुकथा : इज्जत
हैन तपाईं पत्रकार हो भन्नु हुन्छ तपाईंको काम गराइ र लेखाइ अनी समाचार हेर्दा खकार जस्तो घिन्लाग्दो छ । यस्सो त्यो बिर्सिएर कुराकानी गरुम् न त भनुँ भनेँ डकार जस्तो गनाउनु हुन्छ । न आकार छ न प्रकार छ खाली एउटा क्यामरा बोक्या छ, एउटा कापी अनी पेन च्याप्या छ र कता आफ्नो दुनो सोझिन्छ भनी भुन्भुनाइ हिँड्नु

मुक्तक : याद गरिन

​​अपलक चारै प्रहर तिम्रै नाममा सिद्दिन्छ
तरुणा आकाङ्क्षाहरु तिम्रै नाममा रेटिन्छ 
तिमी भन्छौ रे मैले तिम्लाई याद गरिन
हर साँझ एउटा प्याला तिम्रै नाममा रित्तिन्छ ।।

Monday, February 13, 2017

मुक्तक : तिम्रो मायामा

​~आविष्कार
तिमी मेरो म तिम्रो चोखो मायामा 
संसार स्वर्ग सप्पै भेट्छु तिम्रो मायामा 
किन नहुनु नि "म माया गर्छु" भन्न बिगुल फुकेर 
आकाश पातल एक गर्छु तिम्रो मायामा

Thursday, February 9, 2017

लघुकथा : सपना

लघुकथा : सपना
~आविष्कार भारती 
 
चराको सुमधुर गीत, झरनाको निस्छल संगीत, बनका बिच एक्लै सुसाएका खोलाको धुन र अन्तरकुन्तरबाट आएका जनावरका बिभिन्न राग जस्ता प्रकृतिक मनोरम सौन्दर्यको रसास्वादन गर्दै बामे दाइ घुम्दै घुम्दै गाउँ पुगे । गाउँको कती घरको छतमा घाँस उम्रेका देखे, बनको फैलावटले आँगन छोएको देखे, गाईगोठ भात्किएर लडेको देखे - यस्तै यस्तै उदेकलाग्दो दृश्य हेर्दै अगाडि बढ्दै गए तर गाउँमा कोही मान्छे देखेनन् । अलिक उँभो लागेपछी एउटा पाठशाला देखे तर पाठशालामा पनि केही बच्चाबच्ची देखे र शिक्षकसँग सोधी हाले, "गाउँका सप्पै कता गए हँ ?"
 
शिक्षकले भने,"सप्पै बिदेश हिँडे, अरु कहाँ जानु । जो यहाँ थिए ति पनि बजार झरे ।"
 
बामे दाइ दिक्क मान्दै पाठशालाका केही बच्चाहरुलाई सोध्न लागे,"बाबु, तिमीलाई ठूलो भए पछी के बन्न मन छ ?"