Friday, February 15, 2019

मुक्तक : भेल

मुक्तक
सबैलाई खुसी पार्न सकिन्न
हरेक कुरालाई बार्न सकिन्न
डुब्छु भनेर भेलमा हेल्लिनेलाई
काँध चढाई तार्न सकिन्न ।
2-15-2019

मुक्तक : यादहरु

मुक्तक:

अनायसै किन किन रुन मन लाग्यो
तिम्रो तस्विर आँसुले धुन मन लाग्यो
हिजोमा बाँच्ने गलत हो गीताले भन्छ
तै पनि यादहरु तिम्रा छुन मन लाग्यो ।

मुक्तक : तुस

मुक्तक:

भारी यो मन भिजेको कपास सरी
जारी यो जलन जलेको भूस सरी
पोखिने कसरी हो, भरी कहाँ छु खै
मारी यो किरण राखेको तुस सरी  

Thursday, February 14, 2019

मुक्तक : मन्यता

मुक्तक:

तिमी गुराँस हुँदा म सुनौलो सुनाखरी भईदिउँला
तिमी कोईली हुँदा म डाँफे चरी भईदिउँला
उर्लेर खोला भात्काउँदै मन्यताका बाँधहरु पुग्ने आखिर सागर मै हो 
तिमी संघर्ष हुँदा म खुशी मन भरी भईदिउँला ।

गीत : तिम्रो माया

गीत : तिम्रो माया
~आविष्कार

तिम्रो अभावको जलनले पोखिएँ
तिम्रो दूरीको तड्पनले घोचिएँ ।

बसन्त आयो शिशिर आयो

Wednesday, February 13, 2019

मुक्तक : के रहर

मुक्तक:

आँसुको डुबानमा रम्नेलाई तैरिनुको के रहर
बेहोसीको तूफानमा रम्नेलाई बौरिनुको के रहर
भग्नता बाध्यता नबनेर रगतमा घुलेपछी
कुँजिनुको पिडामा रम्नेलाई दौडिनुको के रहर ।
2019-02-13

Friday, February 8, 2019

मुक्तक : छल

कौशिकईन्द्र छल्छन्,अहिल्यामा गौतम बर्षन्छन्
बिष्णु आई छल्छन्,ब्रिन्दा पतिबियोगमा पिल्सिन्छिन् 
भोग गर्ने छलीया स्तुत्य, छलिने सजायको भोगी
पौरुष्य देखाइ छल्छन्, निरपराधीहरु भोग्यामा गनिन्छन् ।।

Note : भोग्या = बेश्या

Wednesday, February 6, 2019

मुक्तक : अझै बढी

मायाको गाँठोमा कसिउँ अझै बढी
पिरतीको गहिराईमा डुबौं अझै बढी
बहाव रोक्न सक्ने को समयको ?
एकै धारमा पोखिएर बगौं अझै बढी ।

मुक्तक : प्रितीको समय

मायाको धागोले फाटेको समय सिलाउँला
विश्वाशको सलेदोले विषादको समय टुक्राउँला
तिमीमा म, ममा तिमी फरक कहाँ पो छ र ?
भावनाको आडले प्रितीको समय फुलाउँला ।।
- आबिष
#प्रेमोत्सवको_एक_अर्को_समय_पल_साल

Friday, February 1, 2019

लघुकथा : गुरुको सम्मन

लघुकथा : गुरुको सम्मन
~आविष्कार

हिजोआज ऊ बिस्तारै कक्षामा छिर्थी । डराएको भावमा यता उता हेर्थी । पछील्लो केही सप्ताहदेखी ऊ मौन रहन्छे ।

कसैले आँखाको कुनौटोबाट उसैलाई त हेरेको छैन ? बिकास किन मलाई हेरिरहेकोछ ? विश्वाश मलाई हेरेर किन खास्खुस गरेको होला ?