तिमी गुराँस हुँदा म सुनौलो सुनाखरी भईदिउँला तिमी कोईली हुँदा म डाँफे चरी भईदिउँला उर्लेर खोला भात्काउँदै मन्यताका बाँधहरु पुग्ने आखिर सागर मै हो तिमी संघर्ष हुँदा म खुशी मन भरी भईदिउँला ।
मायाको धागोले फाटेको समय सिलाउँला विश्वाशको सलेदोले विषादको समय टुक्राउँला तिमीमा म, ममा तिमी फरक कहाँ पो छ र ? भावनाको आडले प्रितीको समय फुलाउँला ।। - आबिष #प्रेमोत्सवको_एक_अर्को_समय_पल_साल