Friday, January 13, 2017

लघुकथा : तँ, तिमी, तपाईं अनी हजुर

~आविष्कार भारती~

- "ए मर्स्या ! ओ भैया ! खाली सिसी अनी फलाम छ लान्छस् ? पैसा कती दिन्छस् नि ? मर्स्याले ठग्लास् नि ।"

- "ए भैया, एउटा हिरामोती पान बनाउ त । अनी अलिकती चुना नि देउ है छुट्टै ।"

- "ए साहुजी नमस्कार, ल फलानो फलानो फलानो भएको कोम्पुटर देखाउनुस् न । अनी मलाई नि कमिसन मिलाउनुस् है त्यती टाढाबाट न्युरोड तपाईं कै पसल आएको छु नि । हेरबिचर त गर्न पर्‍यो नि हैन त ?"

- "ए हजुरको यात्रो ठूलो कम्पनीमा म अलिकती मात्र पनि अटाउन सकें भने मेरो भाग्य खुल्थ्यो । हजुर त नेपालका सामर्थ्यवान्, सफल, समृद्ध   ,सुशिक्षित, पूर्ण एवम् दयालु व्यपरीको नजर म माथि परे मेरो जीवन त कृतार्थ हुन्थ्यो नि हजुर ।"

No comments: