Monday, January 30, 2017

छोटो कविता : साथी

~आविष्कार भारती

कहिले कहिँ मनका भावना यसरी उर्लन्छन्
बगाउँछ मनका बाँधहरु,
भात्किन्छन् भावका पर्खालहरु,
च्यातिन्छ जीवनका विश्वाशहरु,
निसासिन्छ थुनिएको आस्थाहरु 
अनी
त्यही बेला कुनै साथी आईदिए हुन्थ्यो झैं लाग्ने
आएर ग्वाम्ल्याङ्ग अङ्गालोमा बाँधेर 
सबै ठीक हुन्छ, सबै राम्रो हुन्छ
भन्ने ढाढस दिएर गए हुने झैं लाग्ने ।।

No comments: