Sunday, January 22, 2017

लघुकथा : चोर

लघुकथा : चोर
~आविष्कार भारती

रातको ठीक ११ बज्यो, ग्यास-स्टेसन अगाडि गाडी रोकेर अश्लेश भित्र छिर्यो । भित्र छिर्न ढोका खोल्नासाथ "ट्याङ्" घण्टी बज्यो । हरेक पटक मानिस पसल भित्र छिर्दा यो ढोका यसरी नै बज्छ,भित्र रेजिस्टरमा काम गरिरहेको कामदारको एउटा बफादार सूचक बनेर ।

अश्लेश दाहिने हात उठाउँदै काम गरिरहेकी गोरीलाई सोध्छ, "How you do'in, Ashley ? Busy Busy ? अनी How was your shift त ?" अनी खुरु खुरु पसलको ग्राहकले पैसा बुझाउने काउन्टर भित्र छिर्छ ।

खैरिनी, "It wasn't bad. Alright, see you tomorrow. Have a safe night" भन्दै आफूले काम गरेको समय एउटा कागजमा लेखेर भित्तामा राख्छे अनी निस्किन्छे ।

यो ग्यास-स्टेसन यानकी अमेरिकि पेट्रोल पम्प चौबिसै घण्टा खुल्लै रहन्छ । यहाँ दिनभरी एउटी गोरी काम गर्छे र रात परेपछी अश्लेश जस्ता विद्यार्थी काम गर्छन् जो आफ्नो युनिवर्सिटीको शुल्क तिर्न र खर्च टार्न रातदिन भन्दैन, बस् खटीरहन्छ । काउन्टरको वरीपरी र माथि ८-१० वटा सेक्युरिटी क्यामरा जडान गरिएको छ, समान राखिएको ठाउँँ तिर जम्मा २ वटा सेक्युरिटी क्यामरा जडान गरिएको छ, लाग्छ समान भन्दा पनि यो पसलमा अरु नै कुनै कुराको चोरीको डर छ साहूलाई । यस पसलको साहू पाकिस्तानबाट धेरै पहिले आएका, सल्मान हुन्  र उनलाई सबैले सल्मान भाइ भनेर बोलाउँछन् ।

अश्लेश इमान्दार भएर काम गर्छ र पनि सल्मान भाइ समय समयमा फोन गरेर, "मेरा नजर तेरे उपर है, कहीँ इधर-उधर किया तो तेरा क्रेडिटकार्डका पैसा सब ले'के तुझे पुलिसको देदुङ्गा समझरहा है ना तु ?" भनेर हेपेर भनिरहन्छ । अश्लेशको हिन्दी अलिकती कम्जोर छ, अम्रिका आएर पनि हिन्दी मै कुरा गर्नपर्ला भन्ने उस्ले सपनामा पनि चिताएको थिएन । हँसिलो अनुहार गर्दै फोनमा उत्तर फर्काउँछ, "ओहो ! सल्मान भाइ तपाईंले मलाई चोर सम्झिता है ? ल हेर त मैँ चैँ यो स्टोरको आफ्नै सम्झेर काम गर्ता हुँ अनी तपाईं चैँ । यह तो गलत होगया ना । " । अश्लेशको धुजाधुजा भएको हिन्दी बल्ल बल्ल बुझेर सल्मान साहू हाँस्छ र भन्छ," क्या पता कौन कब चोर बन्जाए", अनी फोन काटी दिन्छ ।  अश्लेश लुकेर काम गरेकोमा खिन्न मन गर्दै, अमिलो अनुहार र मन लिएर आफ्नो शिफ्टको काममा तल्लिन हुन थाल्छ । 
 
(Recited in Facebook Laghukatha Program with Analysis/criticism by Khemraj Pokharel)
(Published edited version in NAGARIKNEWS - 
https://nagariknews.nagariknetwork.com/arts/363401-1602849390.html) 
--------------------------------------------------
कला

चोर

लघुकथा

आविष्कार भारती

 

रातको ठीक ११ बज्यो, ग्याँस–स्टेसन अगाडि गाडी रोकेर अश्लेश भित्र छिर्यो । ढोका खोल्नासाथ ट्याङ् घण्टी बज्यो । भित्र रजिस्टरमा काम गरिरहेको कामदारको एउटा बफादार सूचक बनेर ।

अश्लेश दाहिने हात उठाउँदै काम गरिरहेकी गोरीलाई सोध्छ, – हाउ यु डुइङ ? हाउ वाज योर सिफ्ट ?’

अनि ऊ काउन्टरभित्र पस्छ ।

गोरी “इट वाज नट ब्याड, सी यु टुमरो, ह्याभ ए सेफ नाइट” भन्दै बाहिर निस्किन्छे ।

यो ग्याँस–स्टेसन यानेकी अमेरिकी पेट्रोल पम्प चौबिसै घण्टा खुल्लै रहन्छ । यहाँ दिनभरि एउटी गोरी काम गर्छे र रात परेपछि अश्लेश जस्ता विद्यार्थी काम गर्छन्, जो आफ्नो युनिभर्सिटीको शुल्क तिर्न र खर्च टार्न रातदिन खटिरहन्छन् । काउन्टरको वरिपरि र स्टोरभरि आठदशवटा सेक्युरिटी क्यामेरा जोडिएको छ । लाग्छ समानभन्दा पनि यो पसलमा अरू नै कुनै कुराको चोरीको डर छ साहूलाई । यस पसलको साहू पाकिस्तानबाट धेरै पहिले आएका सलमान भाइ हुन् ।

अश्लेश इमान्दार भएर काम गर्छ र पनि सल्मान भाइ समयसमयमा फोन गरेर, “मेरा नजर तेरे उपर है, कहीँ इधरउधर किया तो तेरा क्रेडिट कार्डका पैसा सब ले’ के तुझे पुलिसको देदुङ्गा समझ रहा है ना तु ?” भनेर हेपेर भनिरहन्छ । अश्लेशको हिन्दी अलिकति कम्जोर छ, अम्रिका आएर पनि हिन्दीमै कुरा गर्नपर्ला भन्ने उसले सपनामा पनि चिताएको थिएन । हँसिलो अनुहार गर्दै फोनमा उत्तर फर्काउँछ, “ओहो सल्मान भाइ, तपाईंले मलाई चोर सम्झिता है ? ल हेर त मैँचैँ यो स्टोरको आफ्नै सम्झेर काम गर्ता हुँ अनि तपाईंचैँ । यह तो गलत हो गया ना ।”

अश्लेशको धुजाधुजा भएको हिन्दी बल्लबल्ल बुझेर सल्मान साहू हाँस्छ र भन्छ, ‘क्या पता कौन कब चोर बन्जाए ।’

अश्लेश लुकेर काम गरेकोमा खिन्न मन गर्दै, अमिलो अनुहार र मन लिएर आफ्नो सिफ्टको काममा तल्लीन हुन थाल्छ । त्यतिबेलै उसको साथीले नेपालबाट फोनमा भन्छ, ‘अमेरिका पुगेकै छस्, मोज गर केटा !’

प्रकाशित: ३० आश्विन २०७७ १७:४१ शुक्रबार

No comments: