Friday, March 17, 2017

कविता : सपना


उस्ले मलाई यो बन् भन्यो, म खुरुक्क बनेँ
उस्ले मलाई यो गन् भन्यो, मैले खुरुक्क गनेँ
उस्ले मलाई अब चुप बस् भन्यो, म चुपचाप बसेँ
उस्ले मलाई अब उथलपुथल मच्चा भन्यो, मैले बिध्वँस मचेँ
उस्ले मेरो निरिहपन माप्यो,
उस्ले मेरो निर्धोपन जाँच्यो,
उस्ले म भित्र एउटा मुक्-अन्धधी भेट्यो
उस्ले म निर एउटा सपना छर्यो
सपनाले मलाई अर्धअन्ध र स्वार्थभक्त गरायो
अर्धअन्ध म सपनामा रमाउन के लागेथें 
अनी उस्ले मलाई उस्को मालिक कहाँ लगेर चढायो ।

अर्थ :
अन्धधी = mentally blind

No comments: