Thursday, August 17, 2017

गजल : डुब्छु म झन झन

तिमी मलाई तिम्रो पछी नआऊ भन्छ्यौ
आको छैन कि भनी आँखा घुमाइ हेर्छ्यौ ।।

मूढको पनि कविता फुट्ने रुप-शील छ तिम्रो
नहेरुम् भन्छु टुपुलुक्क केही बहानामा भेट्छ्यौ ।।

मलहार लजाउँछ सुरिलो कोकिल आवाज तिम्रो
मर्दिन भन्छु अन्जान गुन्गुनाहटमा पल-क्षण रेट्छ्यौ ।।

जती उत्रिन खोज्छु, डुब्छु म झन झन 
रोष जीवनको आँखाको परेलीले मेट्छ्यौ ।। 

No comments: