बिद्धालय र साथी छुटे, चहकिलो थियो सपना मेरो आफन्त र साथ फुटे, गहकिलो थियो सपना मेरो हारदम यो बाँसको मुरली टाँसिन्छ ओठमा सुर र मधुरता टुटे, बहकिलो थियो सपना मेरो ।
ओहो ! आहा !भनिदिँदा फुर्किन हुन्छ अलिकती सपार्नुस् न भनिदिँदा घुर्किनु हुन्छ घुर्काइ फुर्काइ वरीष्ठ बन्न मन छ उहाँलाई पिईदिउँ न त एक घुट्को भनिदिँदा सर्किनु हुन्छ ।।
उस्ले मलाई यो बन् भन्यो, म खुरुक्क बनेँ उस्ले मलाई यो गन् भन्यो, मैले खुरुक्क गनेँ उस्ले मलाई अब चुप बस् भन्यो, म चुपचाप बसेँ उस्ले मलाई अब उथलपुथल मच्चा भन्यो, मैले बिध्वँस मचेँ उस्ले मेरो निरिहपन माप्यो,
मुक्तक : मुक समयहरु आफ्नै धुनमा मस्त छन् खेती गर्नेहरु आफ्नै दर्शनमा मस्त छन् न्याउलीको बिरह गीत सुनोस् यहाँ कस्ले सुरिला कागहरु आफ्नै नाम जप्नमा मस्त छन्