...just a thought.....
मनका उबडखाबड तरङ्ग जस्तै भरङ्गहरु
Wednesday, August 2, 2017
छोटो कविता : आषिक
आशा म राखुँ के
इच्छा म पोखुँ किन
सर्वेसर्वा तिमी सर्वज्ञाता पनि
मूढ बुद्धी बग्छ सुख खोजी
Read more »
Monday, July 24, 2017
मुक्तक : झेल्ला
कसैले भनेको नपुग्दा
कहीं कतै नझुक्दा
रेल्ला गर्दै झेल्ला गर्दिन्छन्
हुन्छमा हुन्छ नथप्दा ।
Friday, July 14, 2017
छोटो कविता : दुष्ट म
छोटो कविता : दुष्ट म
------------------------
तराजु भयो पलहरु
जोखियो पाउ किलोमा
तीतो भयो सम्बन्धहरु
नूनचूक दलियो पिलोमा
जञ्जालको सञ्जालमा धसिईयो
उत्रुँ भन्छु झन धरातल भासियो
Read more »
Thursday, July 13, 2017
मुक्तक: साथि
मुक्तक: साथि
------------------------------
कुरो सुनुन्जेल स्वस्थ साथी
भनेको मानुन्जेल मस्त साथी
समयले अलिकती
Read more »
Friday, June 30, 2017
मुक्तक : जीवनोन्माद
चन्द्रमा सुतेको छ औँसी ओडी
चुप्चाप छन् प्रेमिल मलेवा जोडी
मदमस्त फक्रिएका पुष्पदल मुस्कुराउँछन्
जीवनोन्मादमा रमौं सपना गोडी ।।
६-३०-२०१७
मुक्तक : लाज
त्यो आकाश हेर्छ मलाई टोलाई
ब्युँझाउन खोज्छ ताराले बोलाई
जुनकिरीको साथमा आफ्नो अंश पठाउँछे
लुकी बादल भित्र चन्द्रमा लजाई ।
६-३०-२०१७
Thursday, June 29, 2017
मुक्तक : मैन
चाहना तिम्रो थियो मेरो पनि
बाहना तिम्रो थियो मेरो पनि
प्रकाश पोख्छ पग्लिरहेको मैन आफू जली
अदृश्य जलन तिम्रो थियो मेरो पनि ।।
-६-२९-२०१७
Thursday, June 15, 2017
मुक्तक : ढाडस जस्तो
परबाट हेर्दा पारस जस्तो
वरबाट हेर्दा सारस जस्तो
पथ कोण नजरिया फरक छ
भित्रबाट बुझ्दा ढाडस जस्तो
6/15/2017
मुक्तक : खराब
यो मद्होस् साँझ नै हो खराब
यो उत्ताउलो जवानी नै हो खराब
धरोधर्म रक्सीको केहीsss दोष छैन
यो स्वाङ्पारा पानी नै हो खराब ।।
- ६-१५-२०१७
Wednesday, May 31, 2017
कविता : बुझक्की उनिहरु
था छ भन्छन सबै सबै उनिहरुलाई
थाहा होला त भात्किएको घरको काहानी उनिहरुलाई
थाहा होला त सल्किएको आशाको काहानी उनिहरुलाई
था छ भन्चन सबै सबै उनिहरुलाई
बुझुन कसोरी,
बुझाउँ कसोरी म
यो पिडा
Read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)