Friday, January 26, 2018

मुक्तक : नियति

भोक दन्केको बेला, ईश्वर घिउ हुन्छ
आशा जमेको बेला, शान्ती ठिउ हुन्छ
टुट्नु-फुट्नु-पिल्सिनु नै गरीबको नियति
जीवन बल्झेको बेला, कर्म बिउ हुन्छ । 

मुक्तक : बन्धन


पीडाको क्रन्दन
भोकको मर्दन
छुटोस् भन्छु बल्झन्छ झन्
जीवनको बन्धन ।

Monday, January 22, 2018

मुक्तक : भक्ती


तिम्रो नामबाट मात्र मेरो पहिचान हुन्छ
तिम्रो सफलताबाट मेरो क्षमता मापन हुन्छ
कोपिला निमोठेर फूललाई ल फक्र भन्छौ
तिम्रो पूजाबाट मात्र मेरो अपेक्षा प्रधान हुन्छ ।

Thursday, January 18, 2018

मुक्तक : साधना

मुक्तक :
यहाँ प्रश्न हज्जार तेर्सिएला
शब्दछर्रा निस्सार बर्सिएला
सुमार्ग व साधना ज्योतिर्पुञ्ज हो जीवनको, बिचार गर
भोकको क्षोभले निष्ठा पर्सिएला .
- आविष्कार

Monday, December 18, 2017

गजल : तिम्रालागी मान्न थालेकोछु


म भगवान नमान्ने मान्छे, तिम्रालागी मान्न थालेकोछु,
म केही नमाग्ने मान्छे, तिम्रालागी माग्न थालेकोछु ।

हर कोषमा जीवन सञ्चार हुँदा नाम तिम्रै जप्छ
म कोही नभज्ने मान्छे, तिम्रलागी जप्न थालेकोछु ।

Friday, November 24, 2017

मुक्तक : गुह्य कुरो

हर द्रिश्य देखिन्छ जो, सत्य नहोला !
हर कथा सुनिन्छ जो, काथ्य नहोला !
गुह्य कुरो लुकाई ढाकी राखिन्छ, राख्दा नै बेस
हर पथ हिँडिन्छ जो पच्य नहोला ।।  

Wednesday, November 22, 2017

मुक्तक : स्वार्थ

कृष्ण छलिया महादेव छन् भोले
यशु झुन्डे क्रसमा अल्लाह पनि खै कहाँ बोले
बनेका हुन् धर्म तिमीबाटै, बन्यो सँस्कार पनि त्यहीँ
इश्वर-अल्लाह-यशु भनी स्वार्थको रोटी पोले 

मुक्तक : तिरस्कार

मुक्तक:
यहाँ हर साँझ एउटा सपना रेटिन्छ
भोक ज्ञानको तिरस्कारको भारिले मेटिन्छ
उस्का आशा के , मात्र हेराईलाई पनि
मन्दिर छिर्ला कि भनी बहिरै छेकिन्छ ।।
#जातपात #नक्कलिधर्म #स्वार्थ
-आ'बिष'

Monday, November 20, 2017

मुक्तक : घरीघरी

आकाशमा एउटा तारा छ जो मुस्काउँछ घरीघरी
हेरेको हो कि तिमीले भनी भान पर्छ घरीघरी
सँगै थियौ जब लाग्थ्यो त्यहीँ छौ नि जस्तो
दूर आकाशमा सजियौ अनी मन रुन्छ घरीघरी ।

#missyoubuwa #hajurbuwapyaro #muskantyo

Tuesday, November 14, 2017

कथा : दास

कालो अनुहार , कालै शरीर, केहीमात्र तर फाटेका लुगा अनी त्यही च्यातिएको ठाउँबाट चिहाइ रहेका शरीरभरी यत्रतत्र घाऊका टाटाहरु-खाटाहरु, रसिला सेता आँखा, भद्दालाग्ने मोटा ओठ केही भन्न खोजेझैं प्रतित हुने तर चलयमान शून्य - यस्तै थियो त्यहाँको हालत । त्यहाँ यानकी लिबियाको राजधानी ट्राइपोलीको एउटा कुनामा रहेको एक सानो दुईतल्ले घरको तल्लो छिँडीमा कोचिएर गुन्द्रुक भएका आप्रवासीहरु हालत । उनिहरु गुन्द्रुककै झैं अमिलो भावका साथ हामीलाई हेर्दै थिए, झिनो आशाका त्यन्द्रो समाएर ।