Sunday, April 10, 2011

मनोवाद : काँचो सपना


उज्यालो भबिश्यको काँचो सपना बोकेर अम्रिका छेरेको म आज एक्लो, थिचिएको भाँचिएको र कुल्चिएको महसुस गर्दैछु । एक सपना, "राम्रो र सम्ब्रिध जीवन", बोकेर यो परदेश आएको म । आज आफ्नो संघर्षलाई "छोरा मान्छे हो गर्नुपर्छ" भन्ने वाक्यले धकेल्दै एक एक पाइला अघी बढ्दैछु । आफ्ना दु:ख, कष्ट , भोक, प्यास, निन्द्रालाई फेरी पनि आफ्नो काँचो सपनाको कात्रो ओढाएकै छु । परिवारबाट टाढा यि गोराहरुको देशमा देसीहरुको चकडी गरेर यिन्का घरमा लक्ष्मी भरेकै छु । हरेक दिन म सबेरै उठेपछी रात फेर्केर त्यही घरमा आउने हो या कुनै लुटेराको गोलिले या कुनै गाडी दुर्घटनामा पारी एह्लीला सकिने हो पत्तो छैन। मेरो अनिश्चित जीवनले कतै मेरो सपना पो डढाउने हो कि भन्ने डर सधा मनमा रहन्छ। साहुको चाकडी गर्द मेरो बिचरो सपना चिताको रापमा जल्नी हो कि भन्ने बिरक्तीएको भावना सदा रहन्छ। मेरो परिवारको आशा, आकंक्षा, बेदना र दु:ख क्रमश पुरा गर्न र हटाउन, आज यो गोराको देशमा सब्को लात सहेर बाँचेको छु म। हरेक पल डरको यो देशमा कहिले लुटिने हो, कहिले लत्याइनी हो, कहिले के हुने हो अत्तो-पत्तो छैन ।

संसारको सबैभन्दा तकत्वर एवं धनी देशमा म आज डरको जीवन जिउन वाध्य छु। ईराक , अफ्गनिस्तान जस्ता देशमा आतंकबादी खोजेर मारने यो देशको सैनिक्-प्रशासनले देश भित्रका आतंक रोक्न सकेको छैन । गोरा, काला र एसियन नागरिक बिचको दुरी मेट्न सकेको हैन। दिन्दिनै जसो पसल-लुट्ने, हत्या, आतंक रोक्न सकेक छैनन। यो सबको बिचमा मेरो कलिलो सपनाले अर्को रुप लिदैछ, बद्लिदैछ, छल्लीदैछ। यहाँ राम्रो जीवन सम्ब्रिध जीवन खोज्नेहेरु आज वाल्ल परेर बसेकाछन। यहाँ समयले ठुलो षढयन्त्र गर्दैछ। यहाँ आजकाल सपना बुन्नेहरु यथार्त खोज्न थालेकाछन। म फेरिपनी भन्छु उज्यालो भबिष्यको काँचो सपना बोकेर अम्रिका छिरेको म आज एक्लो,थिचिएको भाँचिएको र कुल्चिएको महसुस गर्दैछु ।

-आ'बिष'

Note : त्यतिकै लेखेको............. मन परे ठिकै छ नत्र .........जय शम्भो

No comments: