Sunday, April 10, 2011

कविता : सबको नजरबाट झर्दैछु.......

जो छदै छैन उस्कोलागी किन म रोइ रा छु
नभएको मायाको गजल म सित्तै किन गाइराछु
साद्दे छु रे तर पागल सारी म किन भईराछु
फूलको बाटो छोडेर म काडाबाट किन गैराछु।।

ति तिम्रा गहिरा नयनको तालमा डुब्दैछु
तिम्रो नभएको मुटुमा ठाउँ खोज्दैछु
सुखानन्दी जीवन त्यागी झिरमा आँफैलाई उन्दैछु
भगवान छोडि तिम्रो पुकारा गर्दैछु।।

म हिजो-आज चुहिएको गाग्रो भर्दैछु
फेरी पनि भन्छु म तिमीलाई माया अझै बडी गर्दैछु
हरेक पल तिम्रो लागि म मर्दैछु
प्रत्यक क्षण सबको नजरबाट झर्दैछु।।

आ'बिष'

No comments: