Sunday, April 10, 2011

कविता : फन्दामा परेको जीवन

शान्त मन चिसो आँखा गरुङो आत्मा
सानो पानीको फोकाले पनि मनको धरातल डग्मगाइदिने
एकान्त नै सौम्य छ
समयको टिकटिक टिकटिक ले शहनशिल्ता को बाध टुट्ला जुस्तो
के हो के , कस्तो को कस्तो यो जीवन माया भोक भोग शोक
एक्तमास ले बलेको त्यो परको पहेलो बत्ती जस्तो
रेडियोले अलापेको त्यो रुन्चे धुन जस्तो
वाक्क हुने गरी दिक्कै लाग्दो गरी बजी रहे जस्तो
हैन कती सुसेल्दी रहिह यो खहरे पनि शायद मेरो हालत प्रती पल पल खिसी गर्दै छे
त्यो न्यौली रोएको नि शायद मेरै फुटेको कर्म देखेर त होला नि
आहा कस्तो सजिलो जीवन त्यो बाबा सिस्नोघारीमा एक सर्को तान्दै अलक जगाएर बसेको छ
तेही बुटी-रस म रमेको छ धलेको छ
लखतरान परेको त्यो फुच्छे कोदली जीवनसरी एउटा कुन च्यापेर धसक्क बसेको छ
दिन भरी जोतिन्छ रातमा तेही फेरी पल्तिन्छ
त्यो मेरो पुरनो खाट मलाई बुढी जस्तै करकर गरेर उठ जा निस्की भन्छ केही गर भन्छ
जुरुक्क बोकेर कान्ला मुनी लगेर जलाईदिउ जस्तो
जीवन सारी निरास त्यो कसौडी हरेक दिन तेही आगोमा पिल्सिन्छ
अन्त्यमा सनसोको फन्दामा पर्छ र गर्दन निमोथिएर जमिनमा पछारिनछ
एउटा माया म हारेको जड् मान्छे झै
ढुङ्रो बाट सुसेली हाल्दै हावा अगेनाको छाती चिर्छ
आगो अझै दन्काउछ
हरे जीवन ..........
(मैले के लेखे थाहा छैन, मन्ले जे बक्यो सो लेखे)
-आ'बिष' 

Life is not FAIR but NEVER I REPEAT "NEVER NEVER GIVE UP"

No comments: