Sunday, April 10, 2011

कविता : किन

मेरो संसार बाट तिमी धेरै टाढा छौ तर पनि नजिक लाग्छ किन
तिमी कल्पनामा आउदा मेरो सपना टाढा भाग्छ किन
एक्लो म र एक्लो तिमी तड्पी रहेछौ हामी किन
न मैले भने न सुन्यौ तिमीले पछुतो आज किन
निरास आँखा बिरानो मन अझै तिमीलाई खोज्छ किन
याद तिम्रो आउँदा यो सुकेको ढुङोबाट पानि बहन्छ किन
प्रश्नले प्रश्नलाई प्रश्न गर्दा प्रश्न नै उत्तर पाउछ किन
किन किन र फेरी पनि किन
-आ'बिष'

No comments: