Sunday, April 10, 2011

कविता : मोरीको नयन


लेख्दै कोर्दै अनी मेट्दै बसेको छु
न त लेखक न कवी नै हुँ
के लेख्दै छु के लेखियो पत्तो छैन
जती लेखें तिम्रोलागी लेखें आफ्नोलागी हैन
शायद नयननगरीमा फसें तिम्रो
त्यसैले लेख्दै अनी मेट्दै अनी फेरी लेख्दै छु
निस्कन यो मातबाट हिजो-आज फेरी थोरै थोरै पिउदै छु
यस्तै रहेछ क्यार रीत तिम्रो संसारको
मोरीको नयनले आज के गर्‍यो यहाँ डुब्नु न उत्रिनु भो ....
मुक्त गरिदेउ PLEASE मान्छेलाई यहाँ निल्नु न ओकल्नु भो....
-आ'बिष'

No comments: