Thursday, April 27, 2017

मुक्तक : तिम्रै नामको

प्रितको होलीमा रङ्ग खास चल्छ तिम्रै नामको
भावको व्यवसाएमा बिशेष पास चल्छ तिम्रै नामको
हापेको एउटा सानो हात न रहेछु म त 
मायाको ठूलो खालमा तास चल्छ तिम्रै नामको

Wednesday, April 26, 2017

कविता : आकाश हुँ म

आकाश हुँ म
------------------
कस्तुरीको भाँती स्व-बास्ना खोज्दै धुन्मुन्नी रहेको उ  
कहिले कस्तो देख्थ्यो , कहिले कस्तो मलाइ .

रंगहिन आकाश हुँ म
उसले यसरी हेर्यो निलो देख्यो
त्यसले त्यसरी हेर्यो कालो देख्यो
जसले जसरि हेर्यो, हेर्न चाह्यो तेस्तै देख्यो
म तेस्तै बनि दिएँ, जुन रंग उसले चाहन्थ्यो .

अनन्त रहस्य र असिमित आशा अनि सपना लुकाएर
आफैमा रुमल्लिरहेको आकाश हुँ म
उसले गहिरो बेदना अनि चिसा रात देख्यो
त्यसले ढुंगेलो मुटु अनि मृत संबाद देख्यो
जसले जसरि चिर्यो, त्यस्तै भित्रि आँत देख्यो
म त्यस्तै बनि दिएँ, जुन बात उसले चाहन्थ्यो .

मुक्तक : हाँसोको पासो थप्यौ तिमीले

मुक्तक :

हाँसोको पासो थप्यौ तिमीले
नजरको जाल हल्यौ तिमीले
 मायाको जुवामा हार्न खोज्दैछ
मन प्रितको खाल थप्यौ तिमीले  

मुक्तक : किन प्रयोग गर्नु

मुक्तक :
मुस्कानले हुने काममा ठुस्कान किन प्रयोग गर्नु ...
हाँसोमा बित्ने समयमा पासो किन प्रयोग गर्नु ....
हरपल रम्नु, जम्नु, नाच्नु, बाँच्नु, बाँड्नु, पढ्नु अनी अगी बढ्नु
बहारमा झुमेको जीवनमा धार किन प्रयोग गर्नु .....

Thursday, April 20, 2017

मुक्तक : चिनो

मुक्तक :

मौनतामा रुमल्लिएको झिनो भावना
सम्झौतामा अल्झिएको मसिनो तिर्सना
के थियो र मेरो, देउँ के अब उपहार
विवशतामा धुमिल्लिएको चिनो सम्झना ।।

मुक्तक : झिनो भावना

 मुक्तक :
मौनतामा रुमल्लिएको झिनो भावना
सम्झौतामा अल्झिएको मसिनो तिर्सना
के थियो र मेरो, देउँ के अब उपहार
विवशतामा धुमिल्लिएको चिनो सम्झना ।

Friday, April 14, 2017

नव बर्ष २०७४को धेरै शुभकामना ।।

 सादा रहोस् जीवन, उच्च रहोस् बिचारहरु
शून्य रहोस् पिर-व्यथा, सुखानन्दमा बितोस दिनहरु

सत्काम निष्छल मनले सेवा गर्दै आफू फूल्न सकियोस्
अन्तरको ईश भेटिएर अनन्त आकाश झै खुल्न सकियोस् 

मागूँ के म, के मेरो हो र यहाँ, अज्ञान हटोस् बरु
संसारको दु:ख हटोस्, भोक मेटोस्, शान्ती छरियोस् बरु

नव बर्ष आओस् अनैतीकता, छल, कपट अनी अहम भूलेर
नव बर्ष आओस् हर्सोउल्लस, उमङ्ग, आशा अनी मानवता बोकेर ।।

 नव बर्ष २०७४को धेरै शुभकामना ।।

-4-13-2017

Monday, April 10, 2017

मुक्तक : जीवन

मुक्तक :

आए कती यो जीवनमा कती गई गए
मन खाएकाहरु जमी रहे अरु पग्ली गए
नाता कुटुम्ब इष्ट मित्र साथी अनी रिपु
हल्ला गरी बाँड्छन् पल-क्षण कोही चुपचाप गए ।।
(जीवनमा आउँदै साथ दिने समस्तमा समर्पित)

मुक्तक : मन यो छुच्चा

यता हेर्छु, हेर्छु उता जताततै यादका गुच्छा
कहिले हाँसो,आँसु कहिले दिन्छन् यि लुच्चा
हिजोलाई बिर्सेंर आजमा बाँच भन्छ गीता
पुरिएको उप्काउन मै रमाउँछ मन यो छुच्चा ।।

Friday, April 7, 2017

मुक्तक : मिलन कहाँ छ र ?


म धर्तीमा जम्ने, तिमी गगनमा डुल्ने - मिलन कहाँ छ र ?
म आफूमा भूल्ने, तिमी प्रसंसामा झुल्ने - मिलन कहाँ छ र ?
कुखुराको भाले जती सुकै रङ्गिन किन नहोस् मजुर बन्दैन
म सेवामा खुल्ने, तिमी सेल्फीमा फूल्ने - मिलन कहाँ छ र ?