Friday, April 14, 2017

नव बर्ष २०७४को धेरै शुभकामना ।।

 सादा रहोस् जीवन, उच्च रहोस् बिचारहरु
शून्य रहोस् पिर-व्यथा, सुखानन्दमा बितोस दिनहरु

सत्काम निष्छल मनले सेवा गर्दै आफू फूल्न सकियोस्
अन्तरको ईश भेटिएर अनन्त आकाश झै खुल्न सकियोस् 

मागूँ के म, के मेरो हो र यहाँ, अज्ञान हटोस् बरु
संसारको दु:ख हटोस्, भोक मेटोस्, शान्ती छरियोस् बरु

नव बर्ष आओस् अनैतीकता, छल, कपट अनी अहम भूलेर
नव बर्ष आओस् हर्सोउल्लस, उमङ्ग, आशा अनी मानवता बोकेर ।।

 नव बर्ष २०७४को धेरै शुभकामना ।।

-4-13-2017

No comments: