Tuesday, April 4, 2017

गजल : तलब आए पछी

अभावका गीत लाटीइन्छ तलब आए पछी
प्रभावका गीत गाइरहिन्छ तलब आए पछी ।।

घरबेटीका महिना भरीको ठेट्ना प्रवचनलाई 
टपक्क टेपले टालीईन्छ तलब आए पछी ।।

किराना पसलेको पिँडाले चोपिलो व्यवहारलाई
तेल लगाइ धोइइन्छ तलब आए पछी ।।

साथीभाइको चुक झैं अमिलो प्रहारलाई
चटक्क अचारमा हालीईन्छ तलब आए पछी ।।

रिचार्ज छेक्छ उनको कोकिल स्वरलाई 
झ्यङ्ग त्यो पन्छाई बात मारीइन्छ तलब आए पछी ।। 

अलिकती जो बाँकी थ्यो तलब भोलीलाई 
सारा शहर कदममा राखेर पिईइन्छ तलब आए पछी ।।

- आबिष
(4-4-2017)

No comments: