Wednesday, April 26, 2017

मुक्तक : किन प्रयोग गर्नु

मुक्तक :
मुस्कानले हुने काममा ठुस्कान किन प्रयोग गर्नु ...
हाँसोमा बित्ने समयमा पासो किन प्रयोग गर्नु ....
हरपल रम्नु, जम्नु, नाच्नु, बाँच्नु, बाँड्नु, पढ्नु अनी अगी बढ्नु
बहारमा झुमेको जीवनमा धार किन प्रयोग गर्नु .....

No comments: