Wednesday, October 31, 2018

मुक्तक : मायामा

म समर्पणमा तरल हुँदा
तिमी प्राप्तीमा जड्वत हुँदा
भन कुन गीत खुशीको गाउँ म
हार-जितको दोहोरी मायामा हुँदा ।।

Sunday, October 28, 2018

कविता : यायावर

कविता : यायावर

सुर्य दूर क्षितिजको कुनौटोबाट
सुटुक्क भाग्दा-भग्दै मैले समातेर सोधें
"तिम्लाई जानी नजानी दिन भरी पोखिएको रापले,
गर्न नसकेका र हुननसकेका कर्मको खेदको तापले पोल्छ ?"
ओझेलिनु पूर्व निहुरेर
ओजस्वी भाव,
थकित तर कान्तीमय आँखाले

Monday, October 15, 2018

मुक्तक : अबुझ आस्था

मुक्तक :
~आविष्कार
डग्मगाएर बगर हुन हतार गरिरहेका चाहनाहरु
चर्किएर आभाषी पल पस्किरहेका बाहनाहरु
चट्याङ् को चमक क्षणिक हुन्छ गर्जन पनि त्यस्तै बुझ्दैनन्
अबुझ आस्था बिच्किएको विश्वाशका सासनाहरु ।।

Friday, October 12, 2018

गीत : भागुँ कहाँ म

~आविष्कार
भागुँ कहाँ म, याद पछी लाग्छन्
लुकुँ कहाँ म, बात पछी लाग्छन् ।।

Monday, October 8, 2018

लघुकथा : उमेर

लघुकथा : उमेर
~आविष्कार

नेपाली जस्ताइ रङ्ग-रोगनको ऊ मध्य-बाटोमा साथीहरुसँगै मात र उन्मादको रङ्गीन खोष्टामा बेरिएर हल्लिखल्ली गर्दै हिँडिरहेको थियो । त्यतीनै बेला प्रहरीहरु आएर हल्लाखल्ला नगर्न "तँ" छन्दमा आदेशात्मक अनुरोध गर्छन् तैपनी त्यस कठोर अनुरोधलाई बेवास्ता गर्दै अझै हल्ला गर्न उद्दत हुन्छ ऊ । पहुँच, यौवन र मदको नशा रेशा-रेशामा झम्झमाइ रहेको उस्ले हुँकारका साथ गालीका लात र बूट प्रहरीमाथि पोख्न खोज्छ ।

Friday, October 5, 2018

मुक्तक :मिलन

मुक्तक :
आकाशले धर्तीलाई सोध्यो तिमी किन उँधो परेको ?
धर्तीले आकाशलाई सोधिन तिमी किन माथि परेको ?

हिन्दी मुक्तक : अजिब चिज

~आविष्कार

होते जबानके पक्के सभी नहीँ
होते दिल के सच्छे सभी नहीँ

अनुदित कविता : माहुरी हो ख्याति

~एमिली डिकिन्सन~
अनुवाद : आविष्कार

माहुरी हो ख्याति ।
गुन्गुनाउँछ, भुन्भुनाउँछ कहिले
कहिले चिली दिन्छ  
अह ! र यस्का स्वत्रन्त्र पङ्ख पनि छन् ।।

अनुदित कविता : म कोही पनि होईन ! तपाईं नि ?

~एमिली डिकिन्सन~
अनुवाद : आविष्कार

म कोही पनि होईन ! तपाईं नि ?
तपाईं पनि कोही होइन हो ?
हामी त उस्तै जोडा पो भएछौं !

कविता : भ्यागुताहरु

कविता : भ्यागुताहरु
~आविष्कार

म बुद्रुक्क उफ्रिन्छु
भ्यात्त पछारिन्छु
कहीँ पुग्दिन
"तँ कुवा बाहिर निस्कन सक्दैनस्"को
टड्कारसँगै
आफ्नो आत्मबोध
विबेक
निष्ठा
ट्यार्-ट्यार् को चितामा खरानी पार्छु
आफ्ना बिचारहरु,