Friday, October 12, 2018

गीत : भागुँ कहाँ म

~आविष्कार
भागुँ कहाँ म, याद पछी लाग्छन्
लुकुँ कहाँ म, बात पछी लाग्छन् ।।

पाइलामा हरेक मेरा, छाप तिम्रै भेट्छु
धड्कनमा हरेक मेरा, नाम तिम्रै भेट्छु
हराउँ कहाँ म, आँखा पछी लाग्छन् ।।

यतै कतै छौ भनी रुझेर रोक्छ मन
अपलक अझै सपना तिम्रै देख्छ मन
बुझाउँ कहाँ म, सम्झना पछी लाग्छन् ।।
 

No comments: