Monday, October 8, 2018

लघुकथा : उमेर

लघुकथा : उमेर
~आविष्कार

नेपाली जस्ताइ रङ्ग-रोगनको ऊ मध्य-बाटोमा साथीहरुसँगै मात र उन्मादको रङ्गीन खोष्टामा बेरिएर हल्लिखल्ली गर्दै हिँडिरहेको थियो । त्यतीनै बेला प्रहरीहरु आएर हल्लाखल्ला नगर्न "तँ" छन्दमा आदेशात्मक अनुरोध गर्छन् तैपनी त्यस कठोर अनुरोधलाई बेवास्ता गर्दै अझै हल्ला गर्न उद्दत हुन्छ ऊ । पहुँच, यौवन र मदको नशा रेशा-रेशामा झम्झमाइ रहेको उस्ले हुँकारका साथ गालीका लात र बूट प्रहरीमाथि पोख्न खोज्छ ।

हच्केर अलिकती प्रहरीले "तिमी" भाकामा चढेर सोध्छ, "आखिर हल्ला किन गरेको ? चुपचाप हिँडे हुन्न ? "
ऊ बम्किन्छ,"मलाई अगी तँ भन्ने अहिले तिमी भन्ने ? हजुर भन् अनी मात्र भन्छु । "
वाल्ल परेर प्रहरीहरु वाकिटकीमा केही कुर गर्छन् ।
ऊ थप्छ,"नसोध्ने ? तैपनी म भन्छु के सम्झेको मलाई ? ल सुन् आज म बैधानिक तवरले रक्सी खाने उमेर पुगें । एक्कैइस पुगेँ , त्यसैले खाएँ , टन्न खाएँ अनी यिनिहरुलाई नि ख्वाएँ ।"
एउटा प्रहरी जवानले, "अर्कोसँग हाकाहाकी भन्यो हाम्रो देशमा नि उमेरले रक्सी खान रोक्छ र ? मैले त सानै देखिन सगुन खाएको त ।"
अर्कोले भन्यो,"खैरे भईखाको होला नि,रक्सी खाने नि उमेर हुन्छ र ? फुइँ लाउँदो रैछ । "
ऊ प्रहरीको कुरो सुने नसुने झैं गरेर एक्लै बर्बरायो र आफ्नो रातो पास्पोर्टलाई झलक्क सम्झ्यो अनी आफ्नो बा-आमाले उमेरको हद्-बन्दीले बाँधेर आजसम्म खुल्ला पिउन नदेकोमा मुर्मुरियो ।

No comments: