Monday, October 1, 2018

लघुकथा : स्वतन्त्रता

लघुकथा : स्वतन्त्रता
~आविष्कार

उस्ले टोलभरी घुमेर सेता परेवा जाल थापी थापी समात्यो, पिञ्जडामा एकएक गरेर थुन्यो ।
भोलिपल्ट, खुल्लमञ्चमा मालिकको जोड्दार भाषण पश्चात, स्वतन्त्रताको नाममा ति हरेक समातिएका परेवा उडाईए ।

देखेर त्यो, जनमानसले हर्षोल्लासका साथ मनभरी आशान्त भावको बादल थुनेर स्वतन्त्रता दिवस मनाए । 
 
(Recited by Achyut Ghimire Bulbul in ०१७ सुन्ने लघुकथा )
 


No comments: