Friday, October 5, 2018

अनुदित कविता : म कोही पनि होईन ! तपाईं नि ?

~एमिली डिकिन्सन~
अनुवाद : आविष्कार

म कोही पनि होईन ! तपाईं नि ?
तपाईं पनि कोही होइन हो ?
हामी त उस्तै जोडा पो भएछौं !

कसैलाई नभन है ! फेरी उनिहरुले बिज्ञापन गर्नेछन - थाहा छ ! 

कोही हुनु कस्तो उदास हगी ?
कस्तो सार्वजानीक - भ्यागुताहरु जस्तो
प्रसंशाको रहरमा दलदलमा रही
आफ्नो नाम सुनाइ रहे जस्तो ।।

Original Poem :
“I’m Nobody! Who are you?” (Franklin 260)
Emily Dickinson

I’m Nobody! Who are you?
Are you – Nobody – Too?
Then there’s a pair of us!
Don’t tell! they’d advertise – you know!

How dreary – to be – Somebody!
How public – like a Frog –
To tell one’s name – the livelong June –
To an admiring Bog!

1891

No comments: