Monday, October 1, 2018

गीत : समयको ताँदो

गीत : समयको ताँदो
~आविष्कार 

प्रितको आखिर उमेर के रहेछ ?
चुट्टि जाँदो समयको ताँदो रहेछ ।

पक्डिन्छु भन्थें हात मायाको
भुलेछु रहँदैन साथ छायाँको
रहर मात्र भएर हुने के रहेछ ?

साथ तिम्रो र मेरो सँधै हुन्छ भन्थें
आफ्नामा तिमीलाई धेरै माथि गन्थें 
सपना मात्र भएर हुने के रहेछ ?

बन्धनमा परेको पंक्षि छट्पट्टीँदो रहेछ
खुल्ला आकाश नियाँली आँशु पोख्दो रहेछ ।

No comments: