Monday, October 1, 2018

लघुकथा : डर

लघुकथा : डर
~आविष्कार

वोई, केसरे सुनिस ?
के सुन्नु हौ ?
माख्ला घरे काने काकाको साहिँलि त लिम्बु मास्टर च्यापेर हिँडिछे नि !
राम्रै त गरिछे त , मास्टर राम्रै कमाउँछ रे त । त्यस माथि के ठुलो कुरो भो त ? ठुलीले नि अम्रिकाको काले समातेकै छे , माहिलीले नोरवे हो कि सोर्वेको खैरे च्यापेकै छे । ति सँग उहीँ गएर दाङ्ग भा' फोटो देखा हैन उन्ले अस्तिन ।
त्यो त परदेशको कुरो यहाँ कस्लाई के को मत्लब । साहिँलिले त आफ्नै ठाउँँमा जातै फाली भन्दै थे काका । तेस्का बे को भोजाँ नि नजाने पो रे परिवारै । बाइकट गर्देछन् परिवार बाटै साहिँलि लाई । बिचरी, चु चु चु । 
बिचरा काने काका, कान्छी नि खुब टिम्-टिम् परेर हिँड्छे को सँगको सल्किने हो , डरै भो ।
जाँड निचोरेको भात, आफू भन्दा सानो जात र काम नलाग्ने साथ भनेसी यि सँधै किन हेला गर्छन् होला । को कहाँ कसरी किन काम लाग्छ के थाहा ?

No comments: