Wednesday, October 3, 2018

गीत : पर्दा तिमी सामु खोल्छु

गीत : पर्दा तिमी सामु खोल्छु
~आविष्कार

कहिले कहीं मनको पर्दा तिमी सामु खोल्छु
त्यही पल पग्लिएर आफैलाई भुल्छु ।

उघ्रिएको मन प्रित तिम्रै रोज्छ
उध्रिएको मुटु जित तिम्रै खोज्छ
मैलिएको आफैमा सङ्लिएर बग्छु ।।
कहिले कहीं मनको पर्दा.....


जीवन रहोस् न्यानो तिम्रो
भावी रहोस् दिव्य तिम्रो
दियोको बत्ती सरी आफैमा म जल्छु ।।
कहिले कहीं मनको पर्दा.....

अस्ताउने अतितका अपूरा उल्झनहरु
ओईलाउने आशाका अप्ठेरा ऐंठनहरु
भूल ठानी आफैमा जिएर म मर्छु ।।
कहिले कहीं मनको पर्दा.....

No comments: